चिकित्सक संघ निर्वाचन : उपत्यकाको मतदान केन्द्र अब नेपाल प्रज्ञाप्रतिष्ठान

काठमाडौँ, १० माघ । नेपाल चिकित्सक संघको निर्वाचन समितिले उपत्यकामा हुने मतदानको केन्द्र परिवर्तन गरेको छ । समितिले यसअघि तोकिएको चिकित्सक संघको केन्द्रीय कार्यालयबाट स्थान परिर्वतन गरी नेपाल प्रज्ञा प्रतिष्ठान (गोलघर सभाकक्ष) कमलादी कायम गरेको छ ।

मतदाताहरुको लागि मतदान गर्ने सुविधा, सवारी साधनको पार्किङ र सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै नेपाल प्रज्ञा प्रतिष्ठानमा मतदान केन्द्र तोकिएको प्रमुख निर्वाचन अधिकृत डा धनबहादुर राना मगरले जानकारी दिए।

२९ औं केन्द्रीय कार्यकारिणी समितिका लागि माघ ६ गते शुक्रबार र ७ गते शनिबार संघका १६ वटा शाखा कार्यालयहरुमा निर्वाचन कार्यक्रम सम्पन्न भईसकेको व्यछ भने उपत्यकामा यही माघ १९, २० र २१ गते निर्वाचन हुँदैछ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *