डा. पंकज चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

412
Shares

जनकपुर २३ पुस । दाइजोसम्बन्धी कसुरमा महोत्तरी जिल्ला अदालतले रामगोपालपुर नगरपालिका -५, का डा. पंकज चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

दाइजोसम्बन्धी कसुर मुद्दामा शुक्रबार भएको थुनछेक बहसमा जिल्ला अदालत महोत्तरीका न्ययाधीश हरिप्रसाद शर्मा उपाध्यायको एकल इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको हो।

डा. चौधरी बिरुद्ध उनकी पत्नी औरही–१ की २१ वर्षीया नेहा चौधरीले दाइजो सम्बन्धी कसुरमा मुद्धा दायर गरेकी थिईन् ।

गत वर्षको फागुन २५ गते नेहा र पंकजबीच सामाजिक परम्परा अनुसार विवाह भएको थियो। त्यसको ७ महिनापछि नेहाले गत कात्तिक २५ मा फेसबुकमार्फत् दाइजोका नाममा श्रीमान र परिवारका अन्य सदस्यले आफूमाथि हिंसा गरिरहेको बताएकी थिइन्।

पंकजले आफूलाई घरमै छाडेको र काठमाडौंमा सँगै राख्न अनुरोध गर्दा दाइजोमा घर माग्दै हिंसा गरेको भन्दै नेहाले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दिएकी थिइन्।

पंकजले बिहेअघि नै २५ लाख रुपैयाँ दाइजो लिएको नेहाको दाबी छ।

नेहाको तर्फबाट वकालत गरिरहेकी वकिल रिंकु यादवका अनुसार नेहाले श्रीमान पंकज र परिवारका सदस्यविरूद्ध बकसपत्र बदर, जालसाजी, घरेलु हिंसा, दाइजो, मानाचामल र अंश मुद्दा दिएकी छन्।  पंकजले भने सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन्।

डा. पंकज काठमाण्डौंस्थित ग्राण्डी हस्पिटल र नर्भिक हस्पिटलमा जेनेरल फिजिसियनको रुपमा कार्यरत थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *