जाडोले कठ्यांग्रिएर सप्तरीमा एक जनाको मृत्यु

132
Shares

काठमाडौँ, २२ पुस । सप्तरीमा जाडोले कठ्यांग्रिएर एक जनाको मृत्यु भएको छ । तिलाठी कोइलाडी ४ का ४५ वर्षीय देवु सदाको मृत्यु भएको वडाध्यक्ष मुनिलाल मुखियाले बताए।

चार दिनअघि भारतको पन्जाबबाट आएका सदा बिहीबार राति खाना खाएर सुतेको र शुक्रबार बिहान ओछ्यानमै मृत फेला परेको स्थानीयले बताए ।

विपन्न मुसहर समुदायका उनको घरमा न्यानो कपडाको अभाव रहेको र यसकै कारण उनको ज्यान गएको हुनसक्ने स्थानीयले बताए। सप्तरीमा गत पुस ८ गते पनि जाडोले कठ्यांग्रिएर एक जनाको मृत्यु भएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *