अपाङ्गता मैत्री सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा सञ्चालन निर्देशिका-२०७९ सार्वजनिक

काठमाडौँ, १२ पुस । अपाङ्गता मैत्री  सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा सञ्चालन निर्देशिका – २०७९ सार्वजनिक भएको छ।

सोमबार सार्वजनिक भएको उक्त निर्देशिका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवारकल्याण महाशाखा र नेत्रहिन यूवा संघ नेपालको साझेदारीमा तयार पारिएको हो।

निर्देशिका सार्वजनिकिकरण कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्र रमण सिंहले यस निर्देशिकाको कार्यन्वयन पश्चात अपांगता भएका व्यक्तिहरुलाई स्वास्थ्य संस्थामा प्रजनन् स्वास्थ्य लगायतका अन्य सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको बताए।

उनले भने ‘अहिलेको सबै भन्दा महत्वपुर्ण विषय भनेको स्वास्थ्य साक्षरता हो । जनस्वास्थ्यका विषय घरदैलो सम्म कसरी पुर्‍याउने भन्ने विषयमा सबैले लाग्नु पर्ने बेला भएको छ। अब यो निर्देशिकाको कुरा सरोकावालाहरूसँग कसरी पुर्‍याउने भन्नेमा हामीसबै लाग्नुपर्छ ।’

महानिर्देशक डा सिंहले यसको कार्यान्वयनको समीक्षा तीन वा छ महिना भित्र गर्न समेत निर्देशन दिए ।

कार्यक्रममा परिवार कल्याण महाशाखाका निर्देशक डा विवेक कुमार लालले नेपालमा कुल जनसङ्ख्याको झन्डै २ प्रतिशत सङ्ख्यामा रहेका अपांगता भएका व्यक्तिहरुलाई सुरक्षित मातृत्व लगायतका स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुर्‍याउनु सबैको दायित्व भएको बताए।

अपांगता भएका मानिसहरुको प्रजनन् स्वास्थ्य अधिकार सुनिश्चित गर्न यो निर्देशिका एउटा सुरुवात भएको परिवार कल्याण महाशाखाकी वरिष्ठ कम्यूनिटी नर्सिङ प्रशासक कविता अर्यालले बताइन्।

उनले भनिन् ‘यो निर्देशिका कार्यन्वयनका धेरै चुनौती छ तर पनि एउटा सुरुवात भएको छ। यसलाई कार्यान्वयन गर्दै गर्दा थप्नु पर्ने पाटोहरु पनि थप्दै जाने छौँ ।’

सार्वजनिक गरिएको निर्देशिकामा अपांगता भएकाहरुलाई सम्मानपूर्ण सेवा प्रदान गर्नु पर्ने, गोपनियता कायम राख्नु पर्ने, नि:शुल्क र घरमै वा समुदायमै गई सेवा दिनुपर्ने, स्वास्थ्य सामग्रीहरुको सहज पहुँच हुनुपर्ने, स्वास्थ्यसंस्थाको संरचना अपांगमैत्री हुनुपर्नेलगायतका कुराहरु समावेश गरिएको छ।

कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका निर्देशक सुनिलराज शर्मा, नेत्रहिन यूवा संघ नेपालका अध्यक्ष कलाधर भण्डारी लगायतले आआफ्नो धारणा राखेका थिए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *