कोभिडविरुद्धको खोप शतप्रतिशत पुर्‍याउन अभियान

पर्सा, २३ मंसिर । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले कोभिड १९ विरुद्धको खोप शतप्रतिशत पुर्‍याउन अभियान खोप अभियान सञ्चालन गर्ने भएको छ । अझै पनि जिल्लाको ग्रामीण क्षेत्र नागरिकले कोभिड १९ विरुद्धको खोप नलगाएको पाइएकाले खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

कोभिड १९ विरुद्धको खोप अभियान कार्यक्रम खोपका पहुँच सबै नागरिकमा पुर्‍याउन खोप अभियान सञ्चालन गर्न लागिएको रेडक्रस पर्सा शाखाका सभापति बीरेन्द्रराज कँडेलले जानकारी दिनुभयो । पर्सामा खोप लगाउन पकहामैनपुर गाउँपालिका र बिन्दवासिनी गाउँपालिकामा बाँकी छ ।

पर्साको पकहामैनपुर र बिन्दवासिनी गाउँपालिकामा जनचेतनामूलक काम गर्ने र विद्यालयमा पनि अभियान सञ्चालन गर्ने तयारी गरिएको नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका कार्यक्रम संयोजक अजय यादवले बताए ।

खोप लिनेको सङ्ख्याका आधारमा सबैभन्दा कम पर्सा जिल्ला रहेको र जिल्लामा पनि सबैभन्दा कम पकहामैनुर, बिन्दवासिनी र सखुवा प्रसौनी गाउँपालिका रहेको सभापति कँडेलले जानकारी दिए।

यस क्षेत्रमा खोप लिनेको सङ्ख्यामा वृद्धि गराउन तथा शतप्रतिशत पुर्‍याउन अभियान नै चलाउनु परेको उनको भनाइ छ । कँडेलका अनुसार हाल दुईवटा पालिकाका पकहामैनपुर र बिन्दवासिनीलाई कार्यक्षेत्र बनाइएको छ ।

बिन्दवासिनी गाउँपालिकामा पाँच वर्षदेखि ११ वर्ष उमेरका १२ हजार आठ सय ९१ जना र १२ वर्षदेखि १७ वर्षसम्मका चार सय ६४ जना, १८ वर्षभन्दा माथिका १२ हजार तीन सय ५१ जनालाई खोप लगाइएको छ ।

साथै, पाँच वर्षदेखि ११ वर्षका तीन हजार सात सय २६ जना, १२ देखि १७ वर्षका दुई हजार आठ सय ५४ जना र १८ वर्षमाथि छ हजार नौ सय ४८ जनालाई खोप दिन बाँकी छ ।

यसैगरी पकहा मैनपुर गाउँपालिकामा पाँचदेखि ११ वर्ष उमेरका १३ हजार चार सय ७६ जना, १२ वर्षदेखि १७ वर्षका दुई हजार ८२ जनाले र १८ वर्षभन्दा माथिका १० हजार सात सय ७७ जनालाई खोप लागेको छ ।

साथै, पाँच वर्षदेखि ११ सम्मका पाँच हजार सात सय ७८ जना, १२ वर्षदेखि १७ वर्षका सात सय ४३ जना र १८ वर्षभन्दा माथिका पाँच हजार छ सय ५२ जनालाई खोप लगाउन बाँकी छ । खोप नलिएका केहीले खोप कार्ड भने बनाएको सर्भे गर्दा फेला नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *