चौबिस घण्टामा ९२३ नमुना परीक्षण गर्दा १ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २० मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर जम्मा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप १४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा थप ९२३ जनाको नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या ७९रहेको छ । थप ८५ हजार ८१२ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।