बागमती प्रदेशमा ४२ हजारभन्दा बढीमा डेङ्गी संक्रमण

 

काठमाडौँ, २० मंसिर । लामखुट्टेको टोकाइबाट हुने डेङ्गी रोगको सङ्क्रमणबाट बागमती प्रदेशमा हालसम्म बिरामीको सङ्ख्या ४२ हजार सात पुगेको जानकारी दिइएको छ ।

बागमती प्रदेशमा साउनको दोस्रो हप्तादेखि आजसम्ममा डेङ्गीबाट सङ्क्रमितको सङ्ख्या ४२ हजार सात पुगेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

डेङ्गीबाट प्रभावित भएको प्रदेशका जिल्लामा सबैभन्दा बढी काठमाडौं र सबैभन्दा कम रसुवा जिल्ला रहेको छ ।

काठमाडौंमा ११ हजार १२७ डेङ्गीका बिरामी फेला परेका छन् । रसुवामा ११ जनामा डेङ्गीको सङ्क्रमण फेला परेको बताइएको छ ।

ललितपुरमा ९ हजार ६०३, मकवानपुरमा ५ हजार ८२२, भक्तपुरमा १ हजार १२४, चितवनमा ३ हजार १५९, धादिङमा १ हजार ६४५, काभ्रेमा ५३६, रामेछापमा २३४, सिन्धुपाल्चोकमा २०९, नुवाकोटमा, २७३, सिन्धुलीमा १७० र दोलखामा १०४ जनामा डेङ्गी संक्रमण भएको निर्देशनालयबाट प्राप्त विवरणमा जनाइएको छ ।

त्यसैगरी प्रदेशमा हालसम्म डेङ्गी सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २३ पुगेको बताइएको छ । देशभर संक्रमितको संख्या ५३ हजार ९५१ पुगेको छ । जसमध्ये ६२ जनाको मृत्यु भएको छ ।


Leave a Reply

Your email address will not be published.