थप ४ जनामा कोरोना संक्रमण पुष्टि, ९२ सक्रिय संक्रमित

काठमाडौँ, १९ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर जम्मा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप १८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा थप १ हजार १८९ जनाको नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या ९२ रहेको छ । थप २९ हजार ८१० जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।


Leave a Reply

Your email address will not be published.