चौबिस घण्टामा ३ जना कोरोना संक्रमित थपिए, २१ जना निको भए

काठमाडौँ, १७ मंसिर । पछिल्लो चौबिस घण्टामा देशभर जम्मा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप २१ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा थप ८४३ जनाको नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या १२१ रहेको छ । थप ३४ हजार ८०४ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।

 


Leave a Reply

Your email address will not be published.