मधुमेह रोगबारे सचेतना जगाउन फ्रन्टलाइन अस्पतालको प्रभातफेरी
काठमाडौँ, ९ मंसिर । मधुमेह रोगबारे सचेतना जगाउन पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालले आज विहान प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । अस्पतालका चिकित्सक, नर्स तथा कर्मचारी तथा आम सर्वसाधारणले विहान ७ बजे देखि झण्डै डेढ घण्टा प्रभातफेरी गरेका हुन् ।
अस्पतालका सीओओ सुरेश कुमार मनोहरले आम नागरिकमा मधुमेह रोगबारे चेतना जगाउन प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको बताए ।
अन्तर्राष्ट्रिय मधुमेह संघका अनुसार संसारभर ५३ करोड ७० लाख मानिस मधुमेह रोगबाट ग्रसित छन् । अन्धोपना, खुट्टा काट्नुपर्ने अवस्था, हृदयरोग, मिर्गौलाले काम नगर्ने अवस्था र असामायिक निधनको प्रमुख कारणको रुपमा मधुमेह देखिएको छ ।
हरेक तीन मध्ये एकजना मधुमेहका बिरामीमा आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारले दृष्टीमा क्षति ब्यहोर्नु पर्ने हुन्छ । प्रत्येक दुई मध्ये एक बयस्कमा मधुमेह रोगको निदान भएको छैन ।
संसारमा प्रत्येक १० जना मध्ये १ जनामा मधुमेह देखिएको छ । गर्भावस्थामा रहँदा प्रत्येक ६ जनामध्ये १ जनामा मधुुमेह प्रभाव देखिन्छ ।
विभिन्न अनुसन्धानले भनेको छ कि ५० प्रतिशत बढीलाई मधुमेह लक्षण विना नै देखिएको छ । अर्थात कुनै लक्षण विना नै मधुमेह रोग देखा परेको छ । त्यसैले स्वस्थ ठानिएका व्यक्तिले ३० बर्ष उमेर कटेपछि नियमित रुपमा मधुमेहको जाँच गर्नु राम्रो हुने चिकित्सकहरु बताउँछन् ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

