आँबुखैरेनी स्वास्थ्य चौकी बन्यो १५ शैय्याको अस्पताल

तनहुँ, ७ मंसिर । आँबुखैरेनी गाउँपालिका ३ मा रहेको आँबुखैरेनी स्वास्थ्य चौकी १५ शैय्याको अस्पतालमा रुपान्तरण भएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षको बजेट तथा कार्यक्रम अनुसार नै स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी गत १ मंसिर देखी अस्पतालको रुपमा सञ्चालनमा ल्याएको हो ।

गत १ मंसिरमा गाउँपालिका अध्यक्ष शुक्र चुमानले अस्पताल शुभारम्भ गर्नु अघि विशेष पुजा गरेका थिए ।

स्वास्थ्यकर्मी प्रमोद शाहका अनुसार सो अस्पतालमा अब तनहुँसंगै गोरखा, चितवनको ईच्छाकामना, मुग्लिन, लगायतका स्थानका बासिन्दालाई समेत आएर उपचार गर्न सहज हुनेछ ।

शाहले अस्पतालमा अहिले ओपिडी, एक्सरे, युएसजी, ल्याव, खोप, एएनसी, पीएनसी डेलिभरी लगायतका सेवा प्रारम्भ भएको छ । अब अर्थोपेडिक, गाइने अब्स, ट्रमा म्यानेजमेन्ट, कार्डियो लगायतका विशेषज्ञ सेवा समेत विस्तार गर्ने योजना रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *