चितवनमा साउनयता डेंगु संक्रमणका कारण ६ जनाको मृत्यु

84
Shares

चितवन, २९ कात्तिक । जिल्लामा साउन यता उपचारका लागि आएका ६ जनाको डेंगु रोगको सङ्क्रमणका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्ला र जिल्लाबाहिरका रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार हालसम्म १० हजार नौ सय ७४ जनाको परीक्षण गरिएकामा २ हजार नौ सय ४९ जनामा डेंगुको सङ्क्रमण देखिएको छ। सङ्क्रमितमध्ये २० हजार ५० जना चितवनका हुन् भने अन्य बाहिरी जिल्लाका रहेका छन्। ठेगाना नखुलेका दुई सय ९१ र ठेगाना खुलेका ६ सय आठजना रहेको कार्यालयले जनाएको छ ।

जिल्लामा सबैभन्दा बढी डेंगु रोगको सङ्क्रमण भरतपुर महानगरपालिकामा देखिएको छ। जहाँ १ हजार ४ सय ५० जनामा डेंगु रोग देखिएको केसीले बताए। उनका अनुसार खैरहनी नगरपालिकामा १ सय ६४, माडी नगरपालिकामा ३५, रत्ननगर नगरपालिकामा दुई सय ४३ जनामा डेंगी रोग देखिएको थियो ।

यस्तै राप्ती नगरपालिकामा ९६, कालिका नगरपालिकामा ४८ र इच्छाकामना गाउँपलिकामा १४ जनामा डेंगुको सङ्क्रमण देखिएको थियो। कार्यालयका अनुसार जिल्लामा भेटिएका सङ्क्रमितमध्ये १ हजार १ सय ३६ पुरुष र नौ सय १४ जना महिलामा डेंगु रोगको सङ्क्रमण देखिएको उनले बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *