दोस्रो अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन काठमाडौँमा शुरु

काठमाडौँ, २७ कात्तिक । दोस्रो अन्तराष्ट्रिय प्रत्यारोपण सम्मेलन काठमाडौँमा शुरु भएको छ ।

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुुर र अंग प्रत्यारोण समाज नेपालको संयुक्त आयोजनामा भएको दुई दिने सम्मेलनको शनिबार बेलुका मुख्य सचिव शंकरदार बैरागीले भव्य समारोहकाबीच शुभारम्भ गरे । सम्मेलनको औपचारिक उद्घाटन बेलुका भएपनि प्राविधिक सत्र भने शनिबार विहानै देखि सुरु भएको थियो ।

नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा आयोजित सम्मेलनमा अमेरिका, जापान, भारत, बंगलादेश, हल्याण्ड, बेल्जियम, स्लोभानिया तथा नेपालका ख्याति प्राप्त प्रत्यारोपण विज्ञहरु, र नेपालका स्वास्थ सँग सम्बन्धि विज्ञहरु, समाजसेवी, पत्रकार, कालाकार, कानूनविद तथा जिल्ला अस्पताल सम्मका अस्पताल प्रमुख र नर्सिङ्ग प्रमुखका सहभागिता रहेको छ ।

सम्मेलनले नयाँ प्रविधिको हस्तान्तरण र मस्तिष्क मृत्यु पश्चात हुने अंगदान तथा प्रत्यारोपण सम्बन्धि अनुभव आदान प्रदान गर्न सहयोग पुग्ने बताइएको छ । यस्तै नेपालको अंगदान तथा प्रत्यारोपण कार्यलाई अझै प्रभावकारी बन्ने विश्वास लिइएको छ ।

उक्त सम्मेलनमा नेपाली विज्ञहरुबाट १६ वटा कार्यपत्र र विदेशी विज्ञहरुबाट १२ वटा कार्यपत्रहरु प्रस्तुत हुने । उक्त सम्मेलनको नारा विकासोन्मुख मुलकहरुको लागि मृत्यु पर्यन्त अंगदान र प्रत्यारोपण भन्ने रहेको छ जसबाट विकासोन्मुख मुलुकमा रहेका अंगदान सम्बन्धि समस्या र सोको समाधान तथा मृत्यु पश्चात अंग दिन सकिने प्रवाधानको व्यापक प्रयोग हुने र विदेशी मुलुकमा जस्तै मस्तिष्क मृत्यु पश्चात हुने अंगदान र प्रत्यारोपण कार्य सूचारु हुने विस्वास गरिएको छ ।

दुई दिनसम्म संचालन हुने सम्मेलनबाट देशका नीति निर्माण र कार्यान्वयन तहमा कार्यरत व्यक्तिहरु लाई नीति नियम तर्जुमा गर्न मार्ग दर्शन हुनेछ भने उपचारमा नयाँ प्रविधि र विज्ञताको प्रयोगले सर्वसाधारण प्रत्यक्षरुपमा लाभान्वित हुने कुरा आयोजक कमिटीका अध्यक्ष तथा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले बताए ।

उदघाट्न समारोहमा प्रमुख अतिथि बनेका मुख्य सचिव बैरागीले नेपाल सरकारले मिर्गौलाका बिरामीमा गरेको लगानीबाट उत्साहाजनक नतिजा देखिएको बताए ।

उनले सरकारको योजना अनुसार प्रत्यारोपण सेवालाई देशका ७ वटै प्रदेशमा विस्तार गर्ने र केन्द्रलाई प्रत्यारोपण सम्बिन्ध विशेषज्ञ उत्पादन गर्ने विशेषज्ञ प्रतिष्ठनको रुपमा विकास गर्ने प्रस्ताव अगाडी बढाइएको जानकारी दिए ।

मस्तिष्क मृत्युबाट पहिलो मिर्गौला ग्रहणकर्ता बनेका मिलन श्रेष्ठले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले समयमै मस्तिष्क मृत्युबाट प्राप्त मिर्गौला प्रत्यारोपण गरी दिएकृोमा आफ्नो ज्यान बचेको भन्दै भविष्यमा यस क्षेत्रमा कार्र्य गर्ने इच्छा ब्यक्त गरे ।

सरकारले सूचीकृत अस्पतालहरुमा मिर्गौला बिरामीको लागि प्रत्यारोपण तथा डाइलाइसिस निशुल्क गरेको छ ।

विश्व स्वास्थ्य संगठनले सन् २००८ मा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा ९० प्रतिशत भन्दा बढी मिर्गौला फेल भएका व्यक्तिहरु केही महिनामा मृत्युवरण गर्ने उल्लेख थियो तर पछिल्लो एक दशकको अन्तरालमा केन्द्रमा उपचार गराउनेहरु मध्ये प्रत्यारोपण गर्नेहरु ९८ प्रतिशत र डाइलाइसिस गर्नेहरु ९६ प्रतिशत बाँच्न सफल भएको पाइएको छ ।

 

केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले नेपालमा प्रत्यारोपण सम्बन्धि कानूनमा सुधार, सेवाको विस्तार, विश्वसनीयता र प्रत्यारोपण सेवा विस्तार गर्ने योजना, साथ सहयोगको बारेमा चर्चा गरे ।

उनले केन्द्रबाट विश्वस्तरीय प्रत्यारोपण सेवा प्रवाह गरिरहेको र देशका ७ वटै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने योजना सरकारको योजना अनुरुप हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रको प्राविधिक सहयोगमा प्रत्यारोपण सेवा सञ्चालन गसिकिएको जानकारी दिए । उनले निकट भविष्यमा नै सुर्खेत प्रादेशिक अस्तालमा शुरु गर्न लागिएको र क्रमशः देशका ७ प्रदेशमा यो सेवा विस्तार गर्ने बताए ।

सम्मेलनले हाल प्रत्यारोपण सेवामा देखिएका कानूनी तथा प्राविधिक समस्याको हल गर्नका लागि मार्गदर्शक भूमिका निर्वाह गर्ने विश्वास आयोजकले लिएको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *