चौबिस घण्टामा थप ७ जनामा कोरोना संक्रमण, ५६७ सक्रिय संक्रमित

काठमाडौँ, २३ कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप १२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा थप १ हजार २४९ नमुना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये काठमाडौँ उपत्यकामा ६ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, देशभर सक्रिय संक्रमितको संख्या ५६७ रहेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

