चौबिस घण्टामा थपिए २५ जना कोरोना संक्रमित, २८ जना डिस्चार्ज

68
Shares

काठमाडौँ, १८ कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप २८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा थप १ हजार ८४५ नमुना परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको हो ।

देशभर सक्रिय संक्रमितको संख्या ५६९ रहेको छ । त्यसैगरी चौबिस घण्टामा थप ५५ हजार २४० जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *