सशस्त्रका डा. मनिषराजलाई सफाई पेश गर्न एक साताको समयसीमा

292
Shares

काठमाडौँ, १८ कात्तिक । विना जानकारी लामो समय अनुपस्थित रहेको भन्दै गृह मन्त्रालयले सशस्त्र प्रहरी अस्पताल बलम्बुमा कार्यरत प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा मनिषराज सापकोटालाई सफाई पेश गर्न एक साताको समय दिएको छ ।

गृहले एक सूचना प्रकाशित गर्दै विदा स्वीकृत नगराई लगातार १५ दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको भन्दै सफाइ पेश गर्न भनेको हो ।

उसले तोकिएको समयावधी भित्र सफाई पेश नगरेमा भविस्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय कारवाही गर्न लागिएको समेत उल्लेख गरेको छ ।

गृह मन्त्रालयले डा सापकोटा गत २६ जेठ देखि विदा स्वीकृत नगराई अनुपस्थित रहेको र सम्पर्क स्थापित समेत नभएको उल्लेख गरेको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *