पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । इस्लामबादबाट लङ मार्चमा निस्केका उनलाई सन्दिग्ध बन्दुकधारीले गोली प्रहार गरेको हो ।
उनको खुट्टामा चोट लागेको छ । खानसंगै अरु चार जना नेता समेत घाइते भएका छन् ।
ठ्याक्कै पाकिस्तानको कुन ठाँउमा घटना भयो भनेर खुलाइएको छैन् । तर घाइते भएका खानलाई तत्कालै नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।
प्रहरीले सन्धिग्द एक जना हमलाकारीलाई नियन्त्रणमा लिएको बताएको छ । हमलाकारीले एके ४७ बन्दुकबाट गोली प्रहार गरेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
खान बर्तमान सरकार विरोधी अभियानलाई देशव्यापी गराउने अभियानमा जुटेका थिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



