प्रहरीद्धारा भन्सार छली भित्र्याइएको औषधि बरामद

124
Shares

वीरगञ्ज, १ कात्तिक । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले अवैध रुपमा भारतबाट भन्सार छली नेपाल भित्र्याउँदै गरेको औषधि औषधि बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गत २८ असोजका दिन दिउसो साढे २ बजे वीरगञ्ज महानगरपालिका १ ईदगाहा चोकस्थित सडकखण्डमा बेबारिसे अवस्थामा रहेको औषधि फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले करीब ५ लाख ८८ हजार रुपैयाँ बराबरको भन्ने औषधि अवैध रुपमा भित्र्याइएको भेटिएको बताए । उनले सो औषधि आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको बताए ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *