चौबिस घण्टामा थप ४६ जनामा कोरोना संक्रमण, १७ जना डिस्चार्ज

काठमाडौँ, ३१ असोज । पछिल्लो चौबिस घण्टामा देशभर थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा थप १७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा थप २ हजार २८७ नमुना परीक्षण गर्दा ४६ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै सक्रिय संक्रमितको संख्या ७११ रहेको छ । आज पनि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । चौबिस घण्टामा २३ हजार ९७२ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]



नेपाली हेल्थ 

