शताब्दी पुरूष सत्यमोहन जोशीको निधन

260
Shares

काठमाडौँ, ३० असोज । शताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। १०३ वर्षीय शताव्दी पुरुष जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेट जाँदा किष्ट अस्पतालमा निधन भएको हो । उनको त्यहा विगत २४ दिन देखि उपचार भईरहेको थियो ।

अस्पातलका चिफ अपरेटिङ अफिसर अमिस पाठकले आज (आइतबार) विहान ७ बजेर ९ मिनेटमा निधन भएको पुष्टि गरे । ‘दुखका साथ भन्नुपर्छ विहान ७ बजेर ९ मिनेटमा जाँदा उहाँ स्वर्गारोहण हुनु भयो,’ पाठकले नेपाली हेल्थसंग भने ।

जोशीलाई स्वास्थ्यमा समस्या आएपछि गत ७ असोजमा अस्पतालमा भर्ना गरिएको थियो ।

उनको अधिकांश समय आईसीयूमा राखेर उपचार भईरहेको थियो ।

पछिल्लो समय उनलाई पिसाब संक्रमण, पुरानो छाती तथा मुटुको समस्या साथै डेंगी पनि देखिएको अस्पतालले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *