चौबिस घण्टामा थप ५२ जनामा कोरोना संक्रमण, ६६७ जना सक्रिय संक्रमित

काठमाडौँ, २९ असोज । पछिल्लो चौबिस घण्टामा देशभर थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमितको संख्या ६६७ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा थप १ हजार ७६३ नमुना परीक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थप १६जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।
चौबिस घण्टामा ३० हजार ८७६ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



