स्वास्थ्य मन्त्री खापुङ आज इटली जाँदै

काठमाडौं, २५ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ आज इटली प्रस्थान गर्दैछन् । दुई दिन पछि सुरु हुने ग्लोबल मेन्टल हेल्थ समिटमा भाग लिन उनी तीन सदस्यीय टोलीको नेतृत्व गर्दै इटलीको राजधानी रोम प्रस्थान गर्न लागेका हुन् ।

आज राती ९ बजेको उडानबाट इटली जाने टोलीमा स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका मेन्टल हेल्थ सेक्सन चिफ डा फडिन्द्र बराल र मन्त्रीका सचिवालय सदस्य लिला ढकाल रहेका छन् ।

इटलीको रोममा हुने समिट आगामी १३ र १४ अक्टोटर चल्नेछ ।

मन्त्री खापुङको १५ अक्टोबरमै नेपाल फर्कने तालिका रहेको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *