राष्ट्रपति भण्डारी शिक्षण अस्पतालबाट डिस्चार्ज

908
Shares
डिस्चार्ज हुने क्रममा उपचारमा सम्लग्न टोलीसंग राष्ट्रपति भण्डारी

काठमाडौं, २५ असोज । स्वास्थ्यमा सुधार आएपछि राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट डिस्चार्ज भएकी छन् । ज्वरो आउने, बान्ता हुने, जीउ दुख्ने लगायतका समस्या भएपछि गत शनिबार शिक्षण अस्पताल भर्ना भएकी थिईन । परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

उपचारमा सम्लग्न डा निरज बमले स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको बताए । उनले कोभिड १९ पोजेटिभ आएकोमा पाँच दिनको अब्जरभेसन सकिएपछि डिस्चार्ज गरिएको बताए ।

‘स्वास्थ्यमा सुधार छ । अलि अलि खोकी छ । त्यो विस्तारै ठिक हुन्छ । आज आफै हिडेर तलसम्म जानु भयो । थप समस्या परेमा उपचार त भई नै हाल्छ । अहिलेलाई हामीले डिस्चार्ज गरिदिएका छौँ,’ डा. बमले भने ।

राष्ट्रपति भण्डारीलाई शिक्षण अस्पतालको एनेक्स २ को डिलक्स क्याविन नं ६०१ मा राखेर उपचार गरिएको थियो ।

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “राष्ट्रपति भण्डारी शिक्षण अस्पतालबाट डिस्चार्ज”

  1. उहालाई चाडै सन्चो हुनु डाक्टर निरज बम ज्यु ठूलो हात छ उहाले बिरामिलाई छुदा आधा ठिक हुन्छ ❤️🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *