चौबिस घण्टामा थप २७ जनामा कोरोना संक्रमण, ५६९ जना सक्रिय संक्रमित

काठमाडौँ, २४ असोज । पछिल्लो चौबिस घण्टामा देशभर थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमितको संख्या ५६९ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा थप १ हजार ५४६ नमुना परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधीमा २६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि शून्य रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *