पछिल्लो चौविस घण्टामा १ हजार १८ जनामा डेंगी र ११ जनामा कोरोना संक्रमण
काठमाडौं, २१ असोज । पछिल्लो चौविस घण्टामा देशभर १ हजार १८ जनामा डेंगी संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा थप एक जनाको डेंगी संक्रमणबाट ज्यान गएको छ ।
यो संगै कुल डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ । डेंगीबाट हालसम्म देशभर ३२ हजार १२१ जना संक्रमित भएका छन् ।
यस्तै मन्त्रालयले पछिल्लो चौविस घण्टामा ११ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ । मन्त्रालयका अनुसार ४९६ जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा पोजेटिभ देखिएको हो । यहि अवधीमा ६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयले अब देशभर ६२८ जना कोरोनाका सक्रीय संक्रमित रहेको बताएको छ ।
मन्त्रालयले पछिल्लो चौविस घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको उल्लेख गरेको छ । यस्तै कोभिड खोप समेत यतिवेला विवरण प्राप्त नभएको उल्लेख छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

