चौबिस घण्टामा थप ६३ जनामा कोरोना संक्रमण, १०३ जना संक्रमणमुक्त

काठमाडौँ, १४ असोज । पछिल्लो चौबिस घण्टामा देशभर थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा १ सय ३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप २ हजार ५३५ नमुना परीक्षण गर्दा ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ४ रहेको छ । जसमध्ये होमआइसोलेसनमा ९६८ र संस्थागत आइसोलेसनमा ३६ जना रहेका छन् ।

संस्थागत आइसोलेसनमा रहेका मध्ये आइसीयूमा ९ जना र भेन्टीलेटरमा शून्य संक्रमित उपचाररत रहेका छन् । आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि शून्य रहेको छ ।


Leave a Reply

Your email address will not be published.