चौबिस घण्टामा थप ५३ जनामा कोरोना संक्रमण, ८४ जना डिस्चार्ज

काठमाडौँ, १० असोज । पछिल्लो चौबिस घण्टामा देशभर थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप ८४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप २ हजार ६२४ नमुना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या १ हजार १ सय ७८ रहेको छ । जसमध्ये होमआइसोलेसनमा १ हजार १ सय ३० र संस्थागत आइसोलेसनमा ४८ जना रहेका छन् ।

संस्थागत आइसोलेसनमा रहेका मध्ये आइसीयूमा १० जना र भेन्टीलेटरमा शून्य संक्रमित उपचाररत रहेका छन् । आज कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या पनि शून्य रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *