सत्यमोहन जोशीको स्वास्थ्य हेरचाहका लागि एक जना नर्स खटाउने सरकारको निर्णय

176
Shares

काठमाडौँ, ९ असोज । सरकारले संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहको लागि एक जना नर्स खटाउने निर्णय गरको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले जोशीको हेरचाहका लागि एक जना नर्स खटाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सुनाउने क्रममा सो जानकारी दिएका हुन् । निर्णय अनुसार शताब्दी पुरुष जोशीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जना नर्स खटाउने छ ।

१०२ वर्षका जोशी अहिले अस्वस्थताका कारण किष्ट अस्पतालमा उपचाररत छन् । पछिल्लो पटक डेंगीको संक्रमणमा परेका उनलाई अरु पनि थप स्वास्थ्य समस्या रहेको बताईएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *