चौबिस घण्टामा थप ५१ जनामा कोरोना संक्रमण, सय जना संक्रमणमुक्त

काठमाडौँ, ९ असोज । पछिल्लो चौबिस घण्टामा देशभर थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप १ सय जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप ३ हजार २४ नमुना परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २०, ललितपुर ६ र भक्तपुरमा १ जना गरी उपत्यकामा २७ संक्रमित रहेका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या १ हजार २ सय २३ रहेको छ । जसमध्ये होमआइसोलेसनमा १ हजार १ सय ७४ र संस्थागत आइसोलेसनमा ४९ जना रहेका छन् ।

संस्थागत आइसोलेसनमा रहेका मध्ये आइसीयूमा ११ जना र भेन्टीलेटरमा शून्य संक्रमित उपचाररत रहेका छन् । भने मृतकको संख्या पनि शून्य रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *