साउन यता १९ हजार ७६६ जनामा डेंगु संक्रमण, २५ जनाको मृत्यु

काठमाडौँ, ६ असोज । नेपालमा १९ हजार ७६६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर  १९  हजार ७६६ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । जसमध्ये सबैभन्दा धेरै वागमती प्रदेशमा १४ हजार ८ सय ३२ जनामा डेंगु संक्रमण देखिएको छ ।

यस्तै, लुम्बिनीमा २ हजा ७ सय ८, सुदूरपश्चिममा ६ सय ६३, प्रदेश १ मा ५ सय ८४ ,गण्डकीमा ४ सय ५१, मधेश प्रदेशमा २ सय ९९, कर्णालमा २ सय २९ जनामा संक्रमण देखिएको छ । त्यसैगरी डेंगु संक्रमणबाट हालसम्म २५ जनाले ज्यान गुमाएका छन् ।

एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए। हालसम्म देशभरका सात वटै प्रदेशका ७५ जिल्लामा डेंगु संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


Leave a Reply

Your email address will not be published.