डा. गोविन्द केसीको एउटा मागमा जनस्वास्थ्य संघको आपत्ति

काठमाडौँ, ५ असोज । नेपाल जनस्वास्थ्य संघले अनसनरत डा गोविन्द केसीले उठाएको मागको पहिलो नम्बर बुँदाको अन्तिम हरफ प्रति आफूहरुको असहमति भएको बताएको छ । उसले मागको सो हरफलाई तत्काल सच्याउन डा केसी र सम्वद्ध पक्षको ध्यानाकर्षण गराएको छ ।

डा केसीले प्रस्तुत गरेको पहिलो नम्बर बुँदाको अन्तिम हरफमा ‘प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला स्वास्थ्य सो कार्यालय र अस्पतालहरुलाई गैर चिकित्सक नभई चिकित्सकहरुको मात्रै नेतृत्व दिने व्यवस्था गरियोस,’ भन्ने बाक्यांश राखिएको छ ।

संघका अध्यक्ष बसन्त अधिकारीले जारी गरेको विज्ञप्तीमा प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालको नेतृत्व चिकित्सकहरुले नै गरेको उल्लेख गर्दै स्वास्थ्य कार्यालयहरुको नेतृत्व भने जनस्वास्थ्यकर्मीले गर्नु स्पष्ट पारेका छन् ।

‘स्वास्थ्य कार्यालयहरु उपचार गर्ने ठाउँ होइनन् । स्वास्थ्य प्रशासनका काम गर्ने ठाउँ हुन । तसर्थ ती ठाउँमा जनस्वास्थ्यका विषय विज्ञ उपयुक्त जनशक्ति हो तसर्थ मागलाई संसोधन गरियोस,’ विज्ञप्तीमा भनिएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *