चौबिस घण्टामा थप १५२ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौँ, २४ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर १ सय ५२ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा थप १ सय ३३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । आज थप २ जना संक्रमित बिरामीको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप ३ हजार २ सय ९४ नमुना परीक्षण गर्दा १ सय ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ३६, ललितपुरमा २ र भक्तपुरमा १ जना गरी उपत्यकामा ३९ जना संक्रमित थपिएका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ४८ रहेको छ । जसमध्ये होमआइसोलेसनमा २ हजार ३ सय ५९ र संस्थागत आइसोलेसनमा ८९ जना रहेका छन् ।

संस्थागत आइसोलेसनमा रहेका मध्ये आइसीयूमा १८ जना र भेन्टीलेटरमा २ जना संक्रमित उपचाररत रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *