सांसद बनाउन भन्दै महासंघले एमाले समक्ष बुझायो तीन जना स्वास्थ्यकर्मीको नाम

काठमाडौँ, २२ भदौ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले आफ्ना आफ्ना तीन जना सदस्यहरुलाई आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा सांसद बनाउन नेकपा एमाले समक्ष नाम सिफारिस गरेको छ ।

महासंघले आफ्नो बहालवाला अध्यक्ष डा झलक गौतम, महासंघका सदस्य रहेका चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका निवर्तमान उपकुलपति प्राडा गणेश गुरुङ र महासंघ सदस्य रहेकी नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष प्राध्यापक तारा पोखरेलको नाम सिफारिस गरेको हो ।

महासंघका उपमहासचिव हिमालय तिवारीले सिफारिसमा परेका तिनै जना स्वास्थ्यकर्मीलाई समानुपातिक तर्फबाट सांसद बनाउन पार्टी समक्ष माग गरिएको बताए ।

महासंघ नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको संगठन हो । यसअघि महासंघले निर्वाचनमा प्रस्तुत हुने पार्टीको घोषणा पत्रमा समेटनु पर्ने स्वास्थ्यका विषयहरु समेत सुझावका रुपमा एमालेलाई बुझाएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *