चौबिस घण्टामा थप २३० जनामा कोरोना संक्रमण, ७८ जना संक्रमणमुक्त

काठमाडौँ, २२ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर २८० जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा थप ७८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी गरेको बिबरण अनुसार थप ३ हजार ८३६ नमुना परीक्षण गर्दा २३० जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ४२, ललितपुरमा ४ र भक्तपुरमा ३ जना गरी उपत्यकामा ४९ जना संक्रमित थपिएका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या २ हजार ५ सय ५ रहेको छ । जसमध्ये होमआइसोलेसनमा २ हजार ३८० र संस्थागत आइसोलेसनमा १२५ जना रहेका छन् ।

संस्थागत आइसोलेसनमा रहेका मध्ये आइसीयूमा ३२ जना र भेन्टीलेटरमा ३ जना संक्रमित उपचाररत रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *