चौबिस घण्टामा थप ३ सय जनामा कोरोना संक्रमण, १२४ जना डिस्चार्ज

काठमाडौँ, २१ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर ३ सय जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा थप १ सय २४ जना निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जारी गरेको बिबरण अनुसार  थप  ४ हजार ५ सय ९० नमुना परीक्षण गर्दा ३ सय जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ९९, ललितपुरमा १८ र भक्तपुरमा १ जना गरी उपत्यकामा १ सय १८ जना संक्रमित थपिएका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ५७ रहेको छ । त्यसैगरी आइसीयूमा ३५ जना र भेन्टीलेटरमा ३ जना संक्रमित उपचाररत रहेका छन् । पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *