धौलागिरि अस्पतालमा दुरविनमार्फत सफल शल्यक्रिया

112
Shares

बागलुङ, २१ भदौ । बागलुङको धौलागिरि अस्पतालमा पहिलो पटक दुरविन यन्त्रमार्फत ‘एपेन्डिक्स’को सफल शल्यक्रिया भएको छ।

म्याग्दीको बेनी नगरपालिका–७ की २१ वर्षीया प्रतिसा बोलनको पहिलो पटक दुरविन यन्त्रमार्फत शल्यक्रिया भएको हो।

बोलनको डा साजन कुँवर, डा सुवास खरेल, एनेस्थेसियोलोजिष्ट डा गणेश वन, नर्सिङ कर्मचारी गीता पुन र करिस्मा केसी लगायतको टिमले सफल शल्यक्रिया गरेको धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र विक पोखरेलले जानकारी दिए।

अस्पतालमा यसभन्दा अगाडिसम्म ‘ओपन सर्जरी’हुँदै आएकामा अबदेखि दुरविन यन्त्रमार्फत शल्यक्रिया हुने डाक्टर पोखरेलले बताए। गण्डकी प्रदेशभित्रका अस्पतालमध्ये सबैभन्दा पहिले धौलागिरि अस्पतालमा यो यन्त्रमार्फत शल्यक्रिया सुरु भएको डाक्टर विकले बताए।

यो यन्त्रमार्फत हर्निया, एपेन्डिक्स र पित्तथैलीको पत्थरी शल्यक्रिया गर्न सकिने डाक्टर कुँवरले जानकारी दिए।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पोखरेलले अब हर्निया, एपेन्डिक्स र पित्त थैलीको पत्थरी शल्यक्रिया गर्नु पर्ने बिरामी पोखरा, काठमाडौँ जान नपर्ने बताए। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *