चौबिस घण्टामा २२१ जना कोरोना संक्रमित थपिए, २०६ जना निको भए

काठमाडौँ, २० भदौ । पछिल्लो चौबिस घण्टामा देशभर २ सय २१ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा थप २ सय ६ जना निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ४ हजार ५८ नमुना परीक्षण गर्दा २ सय २१ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ५६, ललितपुरमा ९ र भक्तपुरमा १ जना गरी उपत्यकामा ६६ जना संक्रमित थपिएका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ४४ रहेको छ । त्यसैगरी आइसीयूमा ३८ जना र भेन्टीलेटरमा २ जना संक्रमित उपचाररत रहेका छन् । पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *