चौबिस घण्टामा १४२ जना कोरोना संक्रमित थपिए, २३० जना निको भए

काठमाडौँ, १९ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर २ सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा थप २ सय ३० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारजारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ३ हजार ४ सय ५० नमुना परीक्षण गर्दा १ सय ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ४७, ललितपुरमा १३ र भक्तपुरमा १ जना गरी उपत्यकामा ६१ जना संक्रमित थपिएका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या २ हजार ५ सय २८ रहेको छ । त्यसैगरी आइसीयूमा ३८ जना र भेन्टीलेटरमा ४ जना संक्रमित उपचाररत रहेका छन् । पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *