चौबिस घण्टामा थप २ सय जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

92
Shares

काठमाडौँ, १८ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर थप २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप २ जनाको मृत्यु भएको छ । आज थप ३ सय ३९ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ३ हजार ५ सय ३७ नमुना परीक्षण गर्दा २ सय जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २७, ललितपुरमा ६ र भक्तपुरमा ३ जना गरी उपत्यकामा ३६ जना संक्रमित थपिएका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या २ हजार ६ सय ४२ रहेको छ । त्यसैगरी आइसीयूमा ३९ जना र भेन्टीलेटरमा ६ जना संक्रमित उपचाररत रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *