चौबिस घण्टामा थप २०६ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

काठमाडौँ, १७ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर थप २ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप ३ जनाको मृत्यु भएको छ । आज थप ३ सय ९८ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा २ हजार ८ सय ६९ नमुना परीक्षण गर्दा २ सय ६ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ५९, ललितपुरमा ८ र भक्तपुरमा ३ जना गरी उपत्यकामा ७० जना संक्रमित थपिएका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या २ हजार ८ सय ९१ रहेको छ । त्यसैगरी आइसीयूमा ४१ जना र भेन्टीलेटरमा ६ जना संक्रमित उपचाररत रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *