चौबिस घण्टामा थप २६९ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौँ, १६ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर थप २ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप १ जनाको मृत्यु भएको छ । आज थप २ सय १५ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ३ हजार ५ सय ५७ नमुना परीक्षण गर्दा २ सय ६९ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ८३, ललितपुरमा १७ र भक्तपुरमा ५ जना गरी उपत्यकामा १ सय ५ जना संक्रमित थपिएका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ५८ रहेको छ । त्यसैगरी आइसीयूमा ४६ जना र भेन्टीलेटरमा ७ जना संक्रमित उपचाररत रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *