चौबिस घण्टामा थप २७१ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौँ, १५ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर थप २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप १ जनाको मृत्यु भएको छ । आज थप १ सय ७५ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ३ हजार ९ सय २० नमुना परीक्षण गर्दा २ सय ७१ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १ सय १०, ललितपुरमा २९ र भक्तपुरमा ८ जना गरी उपत्यकामा १ सय ४७ जना संक्रमित थपिएका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ९४ रहेको छ । त्यसैगरी आइसीयूमा ४२ जना र भेन्टीलेटरमा ८ जना संक्रमित उपचाररत रहेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *