चौबिस घण्टामा थप २५७ जनामा कोरोना संक्रमण, २३२ जना संक्रमणमुक्त

काठमाडौँ, १४ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर थप २ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप २ सय ३२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ३ हजार ९ सय २१नमुना परीक्षण गर्दा २ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ५३, ललितपुरमा ८ र भक्तपुरमा ७ जना गरी उपत्यकामा ६८ जना संक्रमित थपिएका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ४६रहेको छ । त्यसैगरी आइसीयूमा ४० जना र भेन्टीलेटरमा ५ जना संक्रमित उपचाररत रहेका छन् । आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *