चौबिस घण्टामा थप ४४४ जनामा कोरोना संक्रमण , ३ जनाको मृत्यु

काठमाडौँ, ९ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर थप ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ४ हजार ९५४ नमुना परीक्षण गर्दा ४४४ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधीमा थप ३ सय ७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । आज पनि थप ३ जना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ११२, ललितपुरमा १४ र भक्तपुरमा २ जना गरी उपत्यकामा १२८ जना संक्रमित थपिएका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ४ हजार १९९ रहेको छ । त्यसैगरी आइसीयूमा ५० जना र भेन्टीलेटरमा २ जना संक्रमित उपचाररत रहेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *