आगामी १० र ११ भदौमा स्लिप डिसअर्डर सम्वन्धी सम्मेलन हुने

84
Shares

काठमाडौँ, ८ भदौ । आगामी १० र ११ भदौका दिन काठमाडौँमा स्लिप डिसअर्डर सम्वन्धि सम्मेलन हुने भएको छ । नेपालमै पहिलो पटक हुन लागेको यो सम्मेलनको आयोजना नेप्लीज सोसाइटी अफ स्लिप डिसअडरले गर्दैछ ।

काठमाडौंको पार्क भिलेज होटल बुढानीलकण्ठमा हुने यो सम्मेलनको नाम ‘स्लीप कन नेपाल’ दिइएको छ ।

‘राम्रो निद्राको लागि बहु–अनुशासनात्मक दृष्टिकोण’ नारा दिइएको सो सम्मेलनमा चिकित्सक, वैज्ञानिक, अध्ययनकर्ता, शिक्षाविद् लगायतको उपस्थिति रहने डा योगेश न्यौपानले जानकारी दिए।

सम्मेलनमा सहभागी हुन चाहनेका लागि रजिस्ट्रेसन समेत खुला भइसकेको न्यौपानेले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *