चौबिस घण्टामा थप ४८७ जनामा कोरोना संक्रमण , १ जनाको मृत्यु

104
Shares

काठमाडौँ, ८ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ४ हजार १७७ नमुना परीक्षण गर्दा ४८७ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधीमा थप १६५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । आज पनि थप १ जना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ११७, ललितपुरमा ११ र भक्तपुरमा २४ जना गरी उपत्यकामा १५२ जना संक्रमित थपिएका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ४ हजार २९८ रहेको छ । त्यसैगरी आइसीयूमा ५० जना र भेन्टीलेटरमा २ जना संक्रमित उपचाररत रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *