चौबिस घण्टामा ६३४ जना कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

काठमाडौँ, ७ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ४ हजार ९४९ नमुना परीक्षण गर्दा ६३४ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधीमा थप ४१७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । आज पनि थप १ जना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १९९, ललितपुरमा ३९ र भक्तपुरमा १३ जना गरी उपत्यकामा २५१ जना संक्रमित थपिएका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ४ हजार २२१ रहेको छ । जसमध्ये होम आइसोलेसनमा ४ हजार ४४ जना र संस्थागत आइसोलेसनमा १७७ जना रहेका छन् । त्यसैगरी आइसीयूमा ५२ जना र भेन्टीलेटरमा ३ जना संक्रमित उपचाररत रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *