चौबिस घण्टामा २९९ जना कोरोना संक्रमित थपिए, ५७७ जना निको भए

काठमाडौँ, ४ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर थप २ सय ९९ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा थप ५ सय ७७ जना निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ४ हजार ३ सय ३७ नमुना परीक्षण गर्दा २ सय ९९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ६२५ रहेको छ । आइसीयूमा ५३ र भेन्टीलेटरमा ४ जना संक्रमित बिरामी उपचाररत रहेका छन् । आज कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *