चौबिस घण्टामा ६२३ जना कोरोना संक्रमित थपिए, ४८७ जना निको भए

काठमाडौँ, ३ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर थप ६ सय २३ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा थप ४ सय ८७ जना निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ४ हजार ९ सय ४५ नमुना परीक्षण गर्दा ६ सय २३ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १२६, ललितपुरमा १३ र भक्तपुरमा ४ जना गरी उपत्यकामा १ सय ४३ जना संक्रमित थपिएका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २४रहेको छ । आज मृतकको संख्या शून्य रहेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *