चौबिस घण्टामा थप ५४२ जनामा कोरोना संक्रमण, ४२१ जना संक्रमणमुक्त

काठमाडौँ, २ भदौ । पछिल्लो चौबिस घण्टामा देशभर थप ५ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप ४ सय २१ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ४ हजार ९ सय ३० नमुना परीक्षण गर्दा ५ सय ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १ सय ७, ललितपुरमा ३० र भक्तपुरमा ६ जना गरी उपत्यकामा १ सय ४३ जना संक्रमित थपिएका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ६५ रहेको छ । आज मृतकको संख्या शून्य रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *